सवारी तथा यातायात व्यवस्था विभागका कार्य

 

  • 1.सवारी चालक अनुमतिपत्रको लागि लिईने परीक्षाको विषय र परीक्षा प्रणाली तोक्ने ।
  •  2.सवारीको प्रदूषण जाँच
  •  3.सार्वजनिक सवारी साधनलाई प्रदान गरिने बाटो इजाजत सम्बन्धी कार्य गर्ने ।
  •  4.अन्तर्राष्ट्रिय प्रचलनअनुरुप ट्राफिक संकेतहरु सार्वजनिक स्थानमा राख्ने व्यवस्था गर्ने ।
  •  5.सवारीको गति, वजन र सवारीमा राखिने यात्री संख्या निर्धारण गर्ने ।
  •  6.सवारी तथा यातायात व्यवस्था ऐन, नियम, निर्देशिका कार्यान्वयन गराउने ।
  •  7.सवारी चालक अनुमतिपत्र सम्बन्धी मापदण्ड तयार गरी कार्यान्वयन गराउने ।
  •  8.यात्रुवाहक सार्वजनिक सवारीको भाडा निर्धारण गर्ने ।
  •  9.सवारीको यान्त्रिक स्थिति तथा स्वरुपको जाँचबुझको सम्बन्धमा आवश्यक मापदण्ड तयार र निर्धारण गर्ने ।
  •  10सवारी तथा यातायात व्यवस्था ऐन, नियम तथा निर्देशिका कार्यान्वयनमा देखापरेका समस्या समाधानको लागि स्पष्ट गरी निर्देशन दिने ।

No comments:

Powered by Blogger.